मोरङ । मोरङ क्षेत्र नं ३ मा डा सुनिल शर्माको अग्रता कायमै रहेको छ । प्रतिनिधिसभा सदस्यको छ हजार तीन सय ५६ मत गन्दा गठबन्धबाट नेपाली कांग्रेसका शर्माले तीन हजार एक सय ३२ प्राप्त गरेका छन ।
मेडिकल व्यवसायी सुनिल शर्माको अग्रता कायमै भने नेकपा (एमाले)का पूर्वमन्त्री भानुभक्त ढकालले एक हजार पाँच सय ७३ मत पाएका छन् । राप्रपाकी रेखा थापाले नौ सय ६ मत प्राप्त गरेकी छन् ।
जम्मा एक लाख ४९ हजार आठ सय ३३ मतदाता रहेको उक्त क्षेत्रमा ९७ हजार चार सय ६८ खसेको थियो।