काठमाडौं । खासगरी वर्तमानमा हामीले जुन किसिमको जीवनयापन भोग गरिरहेका छौं, त्यो उच्च रक्तचापको कारण बनिरहेको छ । ऐशआरमपूर्ण जीवन, प्रशोधित खानेकुराको सेवन, दिनहुँको दौडधूप आदिले हामीलाई रोगी बनाउँदैछ ।
उच्च रक्तचाप हुनु भनेको रगतको प्रवाहमा अवरोध आउनु हो । जब शरीरमा रगत राम्ररी प्रवाह हुन पाउँदैन, त्यसको भार मुटुलाई पर्छ । यसैलाई रक्तचाप भनिएको हो । अहिले यस्तो समस्या किशोरहरुमा पनि देखिन थालिएको छ ।
उमेरको हिसाबले कति हुनुपर्छ रक्तचाप ?
१५ देखि १८ वर्षसम्म
पुरुषः ११७-७७ mmHg
महिलाः १२०-८५ mmHg
१९देखि २४ वर्षसम्म
पुरुषः १२०-७९ mmHg
महिलाः १२०-७९ mmHg
२५ देखि २९ वर्षसम्म
पुरुषः १२०-८० mmHg
महिलाः १२०-८० mmHg
३० देखि ३५ वर्षसम्म
पुरुषः १२२-८१ mmHg
महिलाः १२३-८२ mmHg
३६ देखि ३९ वर्षसम्म
पुरुषः १२३-८२ mmHg
महिलाः १२४-८३ mmHg
४० देखि ४५ वर्षसम्म
पुरुषः १२४-८३ mmHg
महिलाः १२५-८३ mmHg
४६ देखि ४९ वर्षसम्म
पुरुषः १२६-८४ mmHg
महिलाः १२७-८४ mmHg
५० देखि ५५ वर्षसम्म
पुरुषः १२८-८५ mmHg
महिलाः १२९-८५ mmHg
५६ देखि ५९ वर्षसम्म
पुरुषः १३१-३७ mmHg
महिलाः १३०-८६ mmHg
६० देखि माथि
पुरुषः १३५-८८ mmHg
महिला १३४-८४ mmHg