काठमाडौं । सप्तरी निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधी सभा सदस्य चुनावका लागि उम्मेदवार बनेका पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवको हार निश्चित भएको छ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतसँग चुनावी प्रतिस्पर्धामा रहेका राउत यादवभन्दा दोब्बर बढी मतले अगाडि छन् ।
गणना जारी रहँदा राउतले ३१ हजार ९६३ मत पाएका छन्, जबकि उपेन्द्रको मत १५ हजार ५८६ छ । यादव १६ हजार ३७७ मत अन्तरले पछि परेका छन् ।अब गन्न बाँकी मत करिब ६ हजार छ । बाँकी सबै मत यादवले पाए पनि उनको हार निश्चित छ ।