काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजय भएकी छन् । आज बिहान सम्पन्न मतगणनामा तोसिमाले ३१ हजार १३६ मत पाएर प्रतिनिधिसभा सदस्यमा विजयी भएकी हुन् ।
उनका प्रतिस्पर्धीनेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए । माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले ८ हजार ७६९ मत पाएकी छन् ।