काठमाडौं । नेपाली कांग्रेसका डा. सुनिल शर्माले एमालेका भानुभक्त ढकाललाई १० हजार बढी मतले पछि पारेका छन् ।
मोरङ क्षेत्र नं. ३ प्रतिनिधि सभा उम्मेदवार डा.शर्माले ढकाललाई ११ हजार ७ सय ६ मतले पछि पारेका हुन् । राप्रपाकी उम्मेदवार रेखा थापा सामाजिक सञ्जालमा छाएपनि जनताको मत भने पाउन सकिनन् । उनी तेश्रो स्थानमा छिन् ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा डा. शर्माले हालसम्मको गणनामा २६ हजार ४ सय ४१ मत प्राप्त गर्दा ढकालले १४ हजार ७ सय ३६ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय मोरङ ३ का अनुसार अहिलेसम्म ५४ हजार ५० मत गणना भइसकेको छ।