काठमाडौं । पूर्व- स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेस चितवन क्षेत्र नं २ का प्रतिनिधी सभा सदस्य उम्मेदवार उमेश श्रेष्ठ भारी मतले पराजित भएका छन्।
उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ३४ हजार १६२ मतान्तरले पराजित भएका हुन्।
लामिछानेले ४९ हजार २६१ मत पाएर विजयी हुँदा श्रेष्ठले १५ हजार ९९ मत पाएका छन् भने एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत पाएका छन्।