काठमाडौं । रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित नागरिकका लागि स्वास्थ्य बीमा सेवा सहज बनाइने भएको छ ।
स्वास्थ्य बीमा बोर्डको भदौ २२ गतेको निर्णयअनुसार विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका तीन जिल्लामा तोकिएको अवधिसम्म स्वास्थ्य बीमा सेवामा लाग्ने सहभुक्तानी (को-पेमेन्ट) र क्यापिङ हटाइएको छ ।
गत भदौ १० गते रसुवाको ल्हेन्दे खोलाबाट आएको अप्रत्याशित बाढीपछि सरकारले रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । सोही अवस्थालाई ध्यानमा राख्दै बीमा सेवा सहज बनाउने निर्णय गरिएको बोर्डले जनाएको छ ।
त्यस्तै, बाढी प्रभावित क्षेत्रका बीमितसँग स्वास्थ्य बीमा परिचयपत्र नभए पनि सेवा रोकिँदैन । सेवा प्रदायक स्वास्थ्य संस्थाले क्ष्ःक्ष्क्(ग्कभच प्रणालीमार्फत स्वास्थ्य बीमा नम्बर यकिन गरी बीमा सेवा उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ । बोर्डका वरिष्ठ मेडिकल सुपरिटेण्डेण्ट तथा प्रवक्ता डा। पवनकुमार साहका अनुसार विपद्को समयमा नागरिकलाई स्वास्थ्य उपचारमा थप सहजता पु¥याउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।
यसैबीच, स्वास्थ्य बीमा बोर्डले आगामी पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, नवीकरण तथा सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयसमेत गरेको छ ।
बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई डिजिटल प्रणालीमा लैजाने क्रममा EMR बाट प्राप्त डिजिटल स्वास्थ्य अभिलेखलाई दाबी मान्यता दिने तथा पहिलो चरणमा २ हजार १८९ वटा कस्टमाइज्ड I CD-11 कोड IMIS मा प्रयोग गर्ने निर्णय गरेको जनाएको छ ।
-1791177175.jpeg)