काठमाडौं । नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आज हुँदैछ । परीक्षा पुल्चोक इन्जिनियरिङ क्याम्पसको सूचना तथा संचार केन्द्रमा हुने छ। उक्त परीक्षामा ४७९ जना डाक्टर सहभागी हुने काउन्सिलले जनाएको छ ।
दुई सिफ्टमा हुने उक्त परीक्षामा ४५ विधाका डाक्टर सहभागी हुने नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले बताए।