काठमाडौं । नेकपा एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी कास्की–१ (१) बाट प्रदेश सभा सदस्यमा विजयी भएका छन् । उनले माओवादी केन्द्रका दीपक कोइरालालाई ३ हजार ९ सय ९६ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।
अधिकारीले १५ हजार ६ सय २३ मत ल्याउँदा पाँच दलीय गठबन्धनका उम्मेदवार कोइरालाले ११ हजार ६ सय २७ मत ल्याएका छन् । प्रतिनिधिसभामा दुईपल्ट निर्वाचित भएर मन्त्री भइसकेका अधिकारी यसपल्ट गण्डकीको मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेशमा चुनाव लडेका हुन् ।