काठमाडौं । मोरङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिलकुमार शर्मा विजयी भएका छन्।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत मोरङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिलकुमार शर्मा ४५०९७ मत ल्याई विजयी भएका हुन्।
निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार भानुभक्त ढकाललाई २११०४ मतान्तरले पराजित गरेका हुन्। पराजित भानुभक्त ढकालले २३९९३ मत ल्याएका छन्।