काठमाडौं । पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३८१ जनाको परीक्षणमा १० जनामा संक्रमण पुष्टि भएको हो।
सो अवधिमा कुनै कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३२७ जना छ भने पछिल्लो २४ घण्टामा २८ जना संक्रमणमुक्त भएका छन्।