काठमाडौं । काठमाडौंको स्टार अस्पतालले मुटुसँग सम्बन्धित समस्या भएका बिरामीहरुका लागि निःशुल्क ओ.पि.डी सेवा संचालनमा ल्याएको छ। अस्पतालका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. आनन्द जि.सीले हरेक शुक्रबार बिहान १० बजे देखि बेलुकी ४ बजे सम्म उक्त सेवा दिने बताइएको छ।
निःशुल्क ओ.पि.डी सेवा लिएका बिरामीहरुका लागि थप परिक्षण तथा औषधि खरिदमा विशेष छुटको व्यवस्था गरेको अस्पतालले जनाएको छ।
.