काठमाडौं । धनगढीस्थित सेती प्रादेशिक अस्पतालले करार सेवामा कर्मचारीहरु माग गरेको छ ।
अस्तपालले विशेषज्ञ चिकित्सकसहित विभिन्न पदमा कर्मचारी माग गर्दै बिहीबार सूचना जारी गरेको छ । विभिन्न विधामा गरी ६ जना विशेषज्ञ डाक्टर माग गरिएको छ । मेडिकल अधिकृत केही भनिएको छ र संख्या तोकिएको छैन ।
अस्पतालले २ जना रेडियोग्राफी अधिकृतको समेत माग गरेको छ ।योग्यता पुगेका इच्छुक व्यक्तिले विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतका लागि १५ दिनभित्र र रेडियोग्राफी अधिकृतका लागि ७ दिनभित्र आवेदन दिन अस्पतालले अनुरोध गरेको छ ।