काठमाडौँ । पूर्व-स्वास्थ्यमन्त्री दीपक बोहरा रुपन्देही–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
३६ हजार ७१७ मत प्राप्त गरी निर्वाचित बनेका उनि राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका थिए।
उनका निकटतम प्रतिद्वन्दी गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणले ३४ हजार ३६ मत पाएका थिए।