काठमाडौं । डोल्पाबाट एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।डोल्पो वुद्ध गाउँपालिका–५ तिन्जेकी २५ वर्षीया छिरिङ लामाको सेनाको हेलिकप्टरबाट उद्धार गरेर सदरमुकाम दुनैस्थित जिल्ला अस्पताल पु¥याइएको हो।
उपल्लो डोल्पामा सुरक्षित सुत्केरी गराउन असम्भव भएपछि उनको सुरक्षित सुत्केरीका लागि सदरमुकाम झारिएको हो । निर्वाचनमा खटिएका कर्मचारी लैजान उपल्लो डोल्पा पुगेको सेनाको हेलिकप्टरले गर्भवती महिलाको उद्धार गरेको हो।