काठमाडौं । जाेरपाटी अत्तरखेल स्थित नेपाल मेडिकल कलेजले गाेकर्णेश्वर नगरपालिका बासिन्दालाई विभिन्न छुट तथा सहुलियत दिने भएकाे छ ।
सामाजिक उत्तरदायित्व अन्तरगत गाेकर्णेश्वर नगरपालिका सँगकाे सहकार्यमा कलेजले जेष्ठ नागरिक, क्यान्सर राेग, आङ खस्ने, माेतियाविन्दुकाे उपचारमा विभिन्न सहुलियत दिने भएकाे हाे।
कलेजका हस्पिटल इन्चार्ज दिलीप साहका अनुसार कलेज र गाेकर्णेश्वर नगरपालिका विच नगरबासीकाे स्वास्थ्य उपचारका सन्दर्भमा २ पक्षीय सम्झाैता भएकाे छ।
गत असाेजबाटै लागू भएकाे सम्झाैता अनुसार गोकर्णेश्वर नगरपालिका क्षेत्र भित्र स्थायी बसोबास गरिरहेका ६५ बर्ष र सो भन्दा माथिका जेष्ठ नागरिकहरुको भर्ना भै स्वास्थ्य उपचार गर्नु परेमा नगरपालिकाले जेष्ठ नागरिक प्रमाणित गरि उपचारको लागि सिफारिस गरि नेपाल मेडिकल कलेजमा पठाउने छ।