काठमाडौं । विश्व स्वास्थ्य संगठनले मंकीपक्स भाइरसलाई नाम ‘एमपक्स’ भाइरस नामाकरण गरेको छ । सन् १९७० मा बन्दी बनाइएको बाँदरमा यो रोग देखिएका कारण यसलाई ‘मंकीपक्स’ भनिएको थियो ।
तर, यो नामले विभेद दर्शाउने भन्दै चौतर्फी विरोध भएपछि यसको नाम परिवर्तन गर्न माग भएको थियो । सोही मागको सम्बोधन गर्दै यो भाइरसलाई विज्ञ, विभिन्न राष्ट्र तथा सर्वसाधारणबीचमा भएको लामो छलफलले ‘एमपक्स’ नाम दिएको हो ।
यो शब्द अंग्रेजी र अन्यभाषीले पनि सजिलै उच्चारण गर्न सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।