काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)का विभिन्न शैक्षिक कार्यक्रमहरूका लागि एकीकृत प्रवेश परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ। परीक्षा आगामी पुस २ देखि ४ गतेसम्म संचालन हुनेछन्।
परीक्षा सुरू हुने मितिभन्दा ५ दिन अघिदेखि परीक्षार्थी स्वयमले अनलाइन माध्यमबाट आफ्नो प्रवेश पत्र प्रिन्ट गर्न सक्नेछन्।
परीक्षाहलमा प्रवेश गर्न परीक्षार्थीले नेपाली नागरिकताको (प्रमाणपत्र सक्कल) विदेशी परीक्षार्थीको हकमा पासपोर्ट र निजले अनलाइन आवेदनसंग पेश गरेको सक्कलै कागजात लिएर आउनुपर्नेछ।