काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य डा .उमा शंकर प्रसादले नेपालमा नर्सिङ जनशक्ति पुगिसकेको बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको दुई दिने वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्ने क्रममा उमा शंकरले नेपालमा नर्सिङ जनशक्ति पुगेको तर चिकित्सक अझै पनि अभाव रहेको बताए। उनले नर्सिङ जनशक्ति बढी भइई सकेको उनको भनाई छ।
मैले मेडिकल प्रोफेसनलसंग छलफलमा थिए। त्यो बेला थाहा पाए नर्सिङ अब नेपालमा पुगिसकेको रहेछ तर विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार डाक्टर उत्पादनमा धेरै पछाडी रहेका छौं । तीन गुणा डाक्टर बढाउनुपर्ने अवस्था छ।
स्वास्थ्य जनशक्तिको अवस्था के छ ? आर्थिक अवस्था के छ रु अस्पतालको अवस्था के छ रुकति डाक्टर, नर्स छन् यो विषयमा स्वास्थ्य मन्त्रालयलाई जानकारी नभएको बताए । स्वास्थ्यमा माग र पूर्तिको अवस्था के हो भन्ने विषयमा पनि छलफल हुनुपर्ने उनको भनाई छ ।