काठमाडौँ । आज एचआईभी दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाईंदै छ । सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मनाउने गरिएको छ ।
एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन यो अभियान सुरु गरिएको हो । हालसम्म नेपालमा २९ हजार ५०० जना भन्दा बढिमा एचआईभी संक्रमण पुष्टि भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जनाएको छ ।
चिकित्सकहरूका अनुसार एचआइभी संक्रमित व्यक्ति एड्सको अवस्थामा पुग्न करिब दशौँ वर्ष लाग्छ । समयमै पहिचान भएर उपचार भए एड्सको अवस्था नआउने चिकित्सकहरू बताउँछन् ।
नेपालमा ८० प्रतिशतभन्दा बढी व्यक्ति असुरक्षित यौन सम्पर्कबाट एचआइभी संक्रमित भएको अध्ययनले देखाएको छ ।