काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३०५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। भने १६८ जना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभरका प्रयोगशालामा २० हजार ३६२ जनाको पीसीआर विधि र ४२४ जनाको एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ९ हजार ३०६ जना संक्रमित पुष्टि भएको हो।
आज देशभर चार हजार ४४४ जना संक्रमणमुक्त भएका छन्।
हाल एक लाख ६३४ जना सक्रिय संक्रमित रहेका छन्।
त्यस्तै, ५१७ जना व्यक्ति क्वारेन्टाइनमा छन्।