काठमाडौं । स्याङ्जा २ को प्रतिनिधी सभा सदस्यको मत गणनामा पूर्व-स्वास्थ्य राज्यमन्त्री अर्याल १३०० मतान्तरले पछाडी परेकी छन् ।
बिहीबार दिउँसोसम्मको मतगणनामा गुरुङले ६ हजार ६५ मत पाएका छन् भने अर्यालले ४ हजार ७६५ मत पाएकी छन्।
नेकपा एमालेले धाँधली भएको भन्दै पुन मतदान माग गरेपछि यहाँ १२ दिन मतगणना रोकिएको थियो । निर्वाचन आयोगले पुनस् मतदान नगर्ने निर्णय गरेपछि बुधबार रातिदेखि मात्र मतगणना सुरु भएको हो।