काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।आज थप २ डेंगु संक्रमितको मृत्यु भएसँगै डेंगु संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ६२ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर ६२ जना संक्रमितको मृत्यु भएको हो ।
त्यसैगरी ५३ हजार ९५१ जनामा संक्रमण पुष्टि भएको छ ।देशभर डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन साथै डेंगुबाट बच्न पूरा बाहुला भएका कपडा लगाउन पनि सबैमा आग्रह गरिएको छ ।एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए।