काठमाडौं । स्वास्थ्य पत्रकार मञ्च नेपालले एपीक्याट अवार्ड २०२२ प्राप्त गरेको छ। बिहीबारदेखि इन्डोनेसियाको बालीमा सुरु भएको सुर्तीजन्य पदार्थ र नसर्ने रोगविरुद्ध एशिया प्रशान्त क्षेत्रका नगरहरुको दवाब समूह (एपीक्याट)को सातौँ शिखर सम्मेलनमा मञ्चलाई अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो ।
नसर्ने रोग तथा सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी अभियानमा मञ्चले योगदान गरेको भन्दै अमेरिकाको ब्लुम्वर्ग फिल्यान्थ्रोपिक र इन्डोनेसियाको बोगर सिटीका मेयर विमा आर्याले मञ्चका अध्यक्ष रामप्रसाद न्यौैपानेलाई सो अवार्ड हस्तान्तरण गरे । मञ्च सहित सम्मेलनमा आठ वटा सरकारी तथा गैरसरकारी निकायलाई पनि उक्त अवार्ड प्रदान गरिएको छ ।
मञ्च सहित सम्मेलनमा आठ वटा सरकारी तथा गैरसरकारी निकायलाई पनि उक्त अवार्ड प्रदान गरिएको छ । अवार्ड पाउनेमा बाली प्रोभिन्स इन्डोनेशिया, डिली नगर पालिका टिमोरलिस्टे, ताङगाईल नगरपालिका, बंगलादेश, कम्बोडियाको स्वास्थ्य मन्त्रालय, टोबाको, सिटी द फिलिपिन्स, पूर्वरेजो रेजेन्सी इन्डोनेशिया, पालेब्याङसिटी इन्डोनेशिया रहेका छन् । यस्तै न्युमान सौरिक्ता रिजेन्ट अफ क्लुङकुङ डिस्टीकका न्युमान स्वरित्तालाई वल्र्ड नोट टोबाको डे २०२२ अवार्डद्धारा सम्मान गरिएको छ।
अवार्ड ग्रहण गरेपछि मञ्चका अध्यक्ष न्यौपानेले अवार्डले नसर्ने रोग तथा सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी अभियानका लागि थप हौसला मिलेको बताए । नसर्ने रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थको सेवनबाट बर्षेनी हजारौँ व्यक्तिको अकालमा ज्यान जाने गरेको भन्दै मञ्चले त्यसको न्युनिकरण सम्वन्धी अभियानमा सधै साथ दिने बताए ।