काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत स्याङ्जा–२ मा मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन्। पछिल्लो मत परिणामअनुसार उनले १२ हजार ९५३ मत पाएका छन्। गुरुङलाई पछ्याइरहेकी नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले १० हजार ६२७ मत पाएकी छन्।
उनी धनराजभन्दा २ हजार ३२६ मतले पछाडि छिन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५ हजार ६७६ मत प्राप्त गरेका छन्।