काठमाडौं । स्याङ्जा–२ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन्। उनले एमालेकी सचिव पद्मा अर्याललाई पराजित गरे।
शनिबार राति सम्पन्न मतगणना अनुसार गुरुङले ३१ हजार ४६६ मत पाउँदा अर्यालले २५ हजार ८३९ मत पाइन् ।
अघिल्लोपटक कांग्रेसका गोपालमान श्रेष्ठलाई हराउँदै विजयी भएकी पूर्व स्वास्थ्य राज्यमन्त्री अर्याल यसपटक भने पराजित भइन्। गुरुङ निर्वाचित भएसँगै कांग्रेसले प्रत्यक्षतर्फ प्रतिनिधि सभामा ५६ सिट पुर्याएको छ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ८ हजार ११३ मत पाए। १ लाख १६ हजार ६७८ मतदाता रहेको स्याङ्जा–२ ७० हजार १ सय ९१ मत खसेको थियो।