काठमाडौं । क्युएफएक्स सिनेमाजले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
तेस्रो वार्षिकोत्सव मनाउने तयारीमा रहेको विराटनगरस्थित भाटभटेनी क्युएफएक्स सिनेमाजले मंसिर २९ गते रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो।
रक्तदान बिहान १० बजेदेखी भाटभटेनी परिसरमा सुरु हुनेछ । रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको सिनेमाजका ड्युटी म्यानेजर साजन बज्राचार्यले जानकारी दिए।
आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा कुनै तवरले सामाजिक कार्य गर्ने हेतुले उक्त कार्यक्रम राखिएको बज्राचार्यले बताए । उनले भने, ‘यहाँ विभिन्न कारणले हुने दुर्घट्नामा रगत आवश्यक पर्छ । हाम्रो थोरै सहयोगले अरु कसैले नयाँ जिवन पाउछ भने हामीले किन सहयोग नगर्ने ? त्यसकारण हामीले रक्तदान कार्यक्रम आयोजना गरेको हो।’
केही दिनअघी आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर पारेर सिनेमाजले विराटेश्वर वृद्ध आश्रम, मानव सेवा आश्रम र पूर्वान्चल बाल सेवा आश्रमका ४० वृद्धवृद्धा र बालबालिकामाझ नेपाली फिल्म ‘महापुरुष’ प्रदर्शन गरेको थियो।