काठमाडौँ। क्रिटिकल केयर मेडिसिन सम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा भइरहेको छ ।
‘नेप्लीज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन’ को आयोजनामा २ देखी ४ डिसेम्बर चल्ने यस मम्मेलनमा १५० भन्दा बढी प्रस्तुती भएका छन्।सम्मेलनको उद्घाटन सत्रमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले नेपालमा क्रिटिकल केयर सम्बन्धी सेवा बिस्तार हुदै गएको र अझै यसको दायरा बढाउनु पर्ने बताए।
उनले भने 'क्रिटिकल सेवामा अझै धेरै विकास हुन बाँकी छ तर सिमित स्रोत साधनका बावजुत नेपालमा क्रिटिकल केयरको सेवा उपलब्ध भइरहेको छ। म यस क्षेत्रमा गरेको कामको प्रशंसा गर्छु।' उहाँले आफूले क्रिटिकल केयरको विकास र विस्तारका लागि सरकारको तर्फबाट सहयोग गर्ने समेत बताए।
कार्यक्रममा नेप्लीज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनका अध्यक्ष डा सन्जय लाखेले नेपालमा क्रिटिकल केयर मेडिसिनका विषयमा धेरै बहस नभएको जानकारी दिए।
कार्यक्रममा १५० भन्दा बढी क्रिटिकल केयर मेडिसिन सम्बन्धी प्रस्तुती रहेको साइन्टीफिक कमिटीका संयोजक डा सुवास आचार्यले जानकारी दिए। उनले यस सम्मेलनमा क्रटिकल केयर नर्सको सहभागिता उच्च रहेको बताउदै नर्सिङको मात्रै ३८ वटा कार्यपत्र रहेको जाकारी दिए।