काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ राँके–रवि–भेडेटार सडकखण्डमा नेपाली सेनाको गाडी दुर्घटना भएको छ । सेनाको गाडी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गाडी आफैँ अनियन्त्रित भएर सडकबाट तल झरेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ बुधबारेबाट फिदिमको रणशेर गणतर्फ जाँदै गरेको बा १ ग ३४४२ नम्बरको नेपाली सेनाको वानटन गाडी दुर्घटनामा परेको हो ।
दुर्घटनामा गाडीमा सवार १८ जना मध्ये १५ जना घाइते भएका हुन् । घाइतेहरूलाई सेनाकै हेलिकोप्टरमार्फत उद्दार गरेर उपचारका लागिलगिएको छ ।