काठमाडौं । ललितपुर क्षेत्र ३ बाट प्रतिनिधी सभा सदस्यका रुपमा निर्वाचित भएपछि डा.तोसिमा कार्कीले मेडिकल काउन्सिलको सदस्यबाट राजीनामा दिएकी छन् ।
काउन्सिलका प्रवक्ता डा कृष्णप्रसाद अधिकारीले डा. कार्कीले आइतबार काउन्सिलमा आइ राजिनामापत्र बुझाएको जानकारी दिए ।
ललितपुर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएपछि डा कार्कीले मेडिकल काउन्सिलमा गई राजिनामा बुझाएकी हुन् ।
गतवर्ष अर्थात १२ मंसिर २०७८ मा सम्मन्न नेपाल मेडिकल काउन्सिलको सदस्य पदको निर्वाचनमा उनी अत्यधिक मतका साथ विजयी भएकी थिईन् ।