काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको अतिरिक्त स्वास्थ्य सचिव ( १२ औँ तह)को लागि २१ जनाले व्यक्तिगत विवरण बुझाएका छन् । दुईवटा दरबन्दीमा प्रतिस्पर्धा गर्न योग्यता पुगेका २१ जनाले आफ्नो व्यक्तिगत विवरण बुझाएका हुन् ।
यसअघि १२ औँ तहका डा श्यामसुन्दर यादव र डा गुणराज लोहनीले अवकाश पाएपछि रिक्त रहेको दरबन्दी पदपूर्तिका लागि मन्त्रालयले बढुवा प्रक्रिया अघि बढाएको थियो ।
मन्त्रालयको बढुवा समितिले गत ३० कात्तिकमा सूचना जारी गर्दै अतिरिक्त स्वास्थ्य सचिवका लागि योग्यता पुगेका ईच्छुकले १५ दिन भित्र अतिरिक्त व्यक्तिगत विवरण बुझाउन सूचना जारी गरेको थियो ।