काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६८३ जनाको परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको हो।
सो अवधिमा कुनै कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा भने पछिल्लो २४ घण्टामा १६ जना संक्रमणमुक्त भएका छन्।