एजेन्सी । हिउँदको मौसमलाई स्वास्थ्यको दृष्टिले राम्रो मानिन्छ । तर जाडोमा धेरैजसो मानिसहरूको ब्लड प्रेशर अचानक बढ्न जान्छ ।
जाडो (चिसो) ले शरीरलाई स्वभाविक तापमान र न्यानो बनाई राख्नको निम्त रक्त संचारमा रुकावट पैदा गर्दछ। जसले गर्दा मुटुले रक्तनलीहरूमा रक्त सञ्चालनको लागि सामान्य भन्दाबढि मेहनत गर्नुपर्ने हुन्छ।
यसकारण ब्लडप्रेशर बढ्न जान्छ। जसको ब्लड प्रेशर सामान्य रहन्छ। त्यस मध्ये कतिपयको ब्लड प्रेशर केही मात्रमा बढेकै हुन्छ।
जसको ब्लड प्रेशर नियमित रुपमा औषधिको सेवनबाट कन्ट्रोलमा छ, उनीहरूको औषधिको मात्रा बढाउनु पर्ने अवस्था पनि आउन सक्छ। तेश्रो, जसको ब्लड प्रेशर पहिलेदेखि नै बढि रहन्छ।
उनीहरूको ब्लड प्रेशर बढेर खतरनाक स्थितिमा पुग्न सक्छ। उच्च रक्तचाप भएमा धमनीहरूमा रगतको दबाब बढ्न जान्छ। जाडोमा त्यसैपनि ब्लड प्रेशर गर्मी महिनाको तुलनामा ५ मि.लि. बढ्न जान्छ।
जाडोमा प्रेशर बढ्ने कारणहरू
(१) जाडोमा शरीरको तापमान कम हुनले रक्तनली खुम्चिएर साँगुरिन्छ। साँगुरिएको नशा धमनीहरूमा रक्त सञ्चारको लागि मुटुले बढि बल गर्नुपर्ने हुन्छ। जसले गर्दा ब्लडप्रेशर बढ्न जान्छ। (२) जाडोयाममा शरीरबाट पसिना नआउनले पनि प्रेशर बढ्दछ। (३) घरमै बसिरहने शारीरिक गतिबिधि कम गर्नले पनि प्रेशर बढ्न जान्छ। (४) जाडोमा अवसाद (डिप्रेसन) को चपेटमा आउने मानिसहरू-अल्कोहलको सेवन बढि गर्ने हुनले पनि उनीहरूमा प्रेशर बढ्ने आशंका रहन्छ। (५) गलत खानपानको आदतले पनि बढ्छ।