काठमाडौं । दाइजोको माग्दैं श्रीमतीलाई कुटपिट गर्दै घरनिकाला गरेका ग्रान्डी अस्पतालमा कार्यरत्त डा.पंकज शाहलाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको रामगोपालपुर ५ का अन्दाजी ३५ वर्षीय डा. पंकजलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।
मंगलवार दिउँसो डा. पंकजको घरमा धर्ना बस्न उनकी श्रीमती नेहा पुगेपछि प्रहरीले डा.पंकजलाई पक्राउ गरेको हो । मंगलबार साँझ पंकजलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले पुष्टि गरे । उनले घरेलु हिंसा र दाइजोविरुद्धका मुद्दामा पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको बताए ।
आफूलाई सासू ससुरा तथा घरका अन्य सदस्यहरुको समेत संलग्नतामा घर निकाला गरिएको भन्दै उनीहरुलाई समेत पक्राउ गर्नुपर्ने माग पीडित नेहा रहेको छ । पक्राउ गरिएका डा पंकजलाई जिल्ला प्रहरी कार्यालय जलेश्वरको हिरासतमा राखिएको छ ।