काठमाडौं । नेपाल चिकित्सक संघले मतदाताको अन्तिम नामावली पुस २ गते सार्वजनिक गरिने भएको छ । आज मतदाता नामावली सार्वजनिक गरेको संघले अन्तिम नामावली पुस २ गते सार्वजनिक जनाएको हो ।
संघले मंसिर १७ गतेसम्म आजीवन सदस्यता लिएकाहरुको नाम मतदाताको सूचीमा सार्वजनिक गरेको हो ।
आफु मातहतका आजीवन सदस्यहरुको नामावली संकलन गरी नेपाल मेडिकल काउन्सिलको नम्बर सहितको मातादाता नामावली संघको केन्द्रीय कार्यालयमा पुष १ गतेसम्म उपलब्ध गराउन संघले सबै शाखा कार्यालयहरुलाई आग्रह गरेको छ। मतदाता नामावलीमा कुनै त्रुटी भए आवश्यक प्रमाण सहित जानकारी गराउन पनि संघको आग्रह छ।