काठमाडौं । न्युजिल्यान्ड सरकारले जनस्वास्थ्य रक्षालाई केन्द्रमा राखेर चुरोट खरिदमा आजीवन प्रतिबन्ध लगाएको छ । विशेषगरी युवावर्गलाई लक्षित गरी सरकारले चुरोटमा आजीवन प्रतिबन्ध लगाएको हो।
धूम्रपानलाई चरणबद्ध रूपमा नियन्त्रण गर्न सरकारले पारित गरेको कानुनअनुसार सन् २००९ जनवरी १ वा त्यसपछि जन्मेका कसैलाई पनि सुर्ती वा चुरोट बेच्न पाइने छैन ।
अर्थात् अब चुरोट किन्न न्यूनतम उमेर बढ्दै जानेछ। सैद्धान्तिक रूपमा अबको ५० वर्षपछि चुरोट खरिद गर्न चाहने व्यक्तिले आफू कम्तीमा ६३ वर्ष पुगेको परिचयपत्र देखाउनुपर्नेछ। स्वास्थ्य अधिकारीहरूले भने त्यसअघि नै मुलुकबाट धूम्रपानको अम्मल हटेर जाने विश्वास गरेका छन्।
अधिकारीहरूले सन् २०२५ सम्ममा न्युजिल्यान्डलाई धूम्रपानमुक्त बनाउने लक्ष्य लिएका छन्। नयाँ कानुनले चुरोट बेच्न अनुमति प्राप्त गर्ने खुद्रा विक्रेताको संख्या पनि ६ हजारबाट घटाएर ६ सय पु¥याएको छ भने सुर्तीमा निकोटिनको मात्रा पनि उल्लेख्य रूपमा घटाएको छ।