एजेन्सी । बिहारमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेहरुको संख्या २४ पुगेको छ। कतिपय उपचारको क्रममा रहेका छन्। उक्त मृत्युको खबर पश्चात् बिहार विधानसभामा बुधबार सनसनी मच्चिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
उक्त मृत्युको जिम्मेवारी बिहारका मुख्यमन्त्री नितिशकुमारले लिनुपर्ने भन्दै भाजपा नेताले विधानसभामा नाराबाजी गरेका थिए । उनीहरुले मुख्यमन्त्रीको राजीनामाको माग गर्दै नाराबाजी गरेका थिए।