काठमाडौं । विराटनगर महानगरपालिका–८ मानिःशुल्क आँखा परीक्षण गरिएको छ।वाड नम्बर ८ र रामलाल गोल्छा आँखा अस्पतालले संयुक्तरुपमा आयोजना गरेको निःशुल्क आँखा शिविरमा २४१ जनाको आँखा परीक्षण गरिएको थियो।
शिविरमा ७२ जनामा मोतियाविन्दु देखिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिए। मोतियाविन्दु देखिएका वडावासीहरूको तेज कोहली एण्ड रुइत फाउण्डेसनसँगको आर्थिक सहयोगमा रामलाल गोल्छा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने वडाध्यक्ष पोखरेलले बताए ।
विराटनगर ८ ले जेष्ठ नागरिकको रक्तचाप तथा मधुमेहको पनि नियमित परीक्षण गर्दै आएको छ ।