काठमाडौं । यस वर्षको मुटुरोगी सेवा पुरस्कार डा प्रेमराज वैद्यलाई प्रदान गरिएको छ । उनलाई नेपाल हृदयरोग निवारण प्रतिष्ठानले यसवर्षको मुटुरोगी सेवा पुरस्कार २०७९ प्रदान गरेको हो ।
२५ हजार राशीको उक्त पुरस्कार विसं २०७४ सालमा मृगेन्द्र सम्झना चिकित्सा गुठी तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठानको सहकार्यमा स्थापना गरिएको हो।
शनिबार काभ्रेको बनेपामा आयोजित प्रतिष्ठानको ३१ औँ बार्षिक साधारण सभा (केन्द्रीय सभा)मा प्रमुख अतिथि बनेका बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य, विशिष्ठ अतिथि डा मृगेन्द्रराज पाण्डे र प्रतिष्ठानका अध्यक्ष बलराम न्यौपानेले संयुक्त रुपमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका हुन्।