काठमाडौँ । देशमा प्रति वर्ष १ लाख महिलाले गर्भपतन गर्ने पाइएको छ। पछिल्लो समय असुरक्षित गर्भपतन चुनौती बन्दै जाँदा धेरै जसोले असुरक्षित गर्भपतन गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ४३ प्रतिशत गर्भपतन सुरक्षित भएको छ भने ५७ प्रतिशत गर्भपतन अझै असुरक्षित रुपमा भइरहेको छ।
बाग्मती प्रदेश सरकार स्वास्थ्य निर्देशनालय हेटौंडाका अनुसार खुला नाका भएकाले भारतबाट गर्भपतन गराउने औषधि दार्ता नगरी ल्याउने र त्यसको गुणस्तर पनि नहुने तर धेरै जसो त्यही औषधि प्रयोग भइरहेको जनाएको छ। नेपालमा गर्भपतन गराउने औषधि ६ वटाले मान्यता पाएका छन्।
नेपालका औषधि निकै महंगा भएकाले भारतबाट लुकाएर नेपाल ल्याउने र दर्ता वाला औषधिको खोलमा हालेर सस्तोमा बिक्री गर्ने गरेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । अब औषधि प्रयोगको अनुमति दिने संस्थाले नै त्यसको निगरानी गर्नु पर्ने निर्देशनालयले जनाएको छ ।