काठमाडौं । नेपाल सरकारले कूल बजेटको १० प्रतिशत अनिवार्य रुपमा स्वास्थ्य क्षेत्रमा विनियोजन गर्नुपर्ने नियम ल्याएको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले महत्वपूर्ण चार नीति सार्वजनिक गर्दै यस्तो निती ल्याएको हो ।
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेश गरेका दुई तथा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले पेश गरेका दुई गरी महत्वपूर्ण चार नीति सार्वजनिक गरेको हो ।
सिंहदरबारमा बसेको समिति बैठकले पारित गरेको राष्ट्रिय स्वास्थ्य वित्त रणनीतिमा स्वास्थ्यमा कुल बजेटको १० प्रतिशत लगानी पुर्याउनु पर्ने उल्लेख गरिएको छ ।