काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राईले कांग्रेस संसदीय दलका लागि अस्पतालबाटै मतदान गरेकी छन् । उनी सुत्केरी भई ओम अस्पतालमा भर्ना भएकी छन् ।
निर्वाचन समितिका प्रतिनिधिहरु अस्पतालमै पुगेर उनको मत संकलन गरेका हुन्। सांसद राईले अस्पतालबाटै भोट हालेको निर्वाचन समितीका एक प्रतिनिधीले बताए।