काठमाडौं । रुघाखोकी तथा छालीमा संक्रमण देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएका एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड अस्पताल पुगेका छन्।
नेपाललाई भेट्न देउवा र दाहाल सँगै अस्पताल पुगेका हुन्। आजै मात्र संसदीय दलको निर्वाचनमा निर्वाचित भएपछि देउवा दाहाललाइ लिएर त्रिवि शिक्षण अस्पताल पुगेका हुन्।
नेपाल रूघाखोकी र छातीमा संक्रमण देखिएपछि मंगलबार शिक्षण अस्पतालमा भर्ना भएका थिए । हाल उनको स्वास्थ्य सुधारोन्मुख रहेको छ।