काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत १२औं तहको अतिरिक्त स्वास्थ्य सचिव तहको पदमा बढुवाका लागि ३ तीन जनाको नाम सिफारिस भएको छ।
बिहीबार बिहान बसेको बढुवा समितीको बैठकले १२ औ तहमा बढुवाका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा श्रीकृष्ण श्रेष्ठ, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा विकास देवकोटा र प्रदेश अस्पताल भद्रपुरका डा टंक बराकोटी गरी तीन जनाको नाम सिफारिस गरेको हो ।
१२ तहमा बढुवाका लागि २१ जनाले दरखास्त दिएपनि ३ जनाको नाम सिफारिस भएको हो । उक्त तीन जनाको नाममध्ये १ जनाको नाम सिफारिस हुनेछ ।