काठमाडौं । धरान स्थिति बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको रिक्त रहेको शिक्षाध्यक्ष (रेक्टर) पदमा प्रा. डा. सन्जिव कुमार शर्मा नियुक्त भएका छन् ।
स्वास्थ्य मन्त्री तथा प्रतिष्ठानका सहकुलपति भवानी खापुङ्ले शर्मालाई नियुक्त गरेका हुन् । शिक्षाध्यक्ष प्राडा गुरुप्रसाद खनालको पदावधि असोज २६ गते सकिएसँगै उक्त पद रिक्त थियो।
रिक्त पदमा प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीको सिफारिसमा डा शर्मालाई नियुक्त गरिएको प्रतिष्ठानका सहप्राध्यापक डा चुरामणी पोखरेलले जानकारी दिए।