एजेन्सी । हल्कादेखि मध्यम दीर्घकालीन मिर्गौला रोग (सिकेडी) भएका व्यक्तिहरू र मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरूलाई क्यान्सरको जोखिम उच्च भएको एउटा नयाँ अनुसन्धानले देखाएको छ ।
कतिपय अवस्थामा सिकेडी भएका व्यक्तिहरूलाई निश्चित क्यान्सरका कारण मृत्युको उच्च जोखिम हुने अध्ययनमा उल्लेख छ ।
अमेरिकी जर्नल अफ किड्नी डिजिजमा हालै प्रकाशित सो अध्ययनले सिकेडीको प्रभावबारे कम थाहा भएको विषयलाई बाहिर उजागर गरेको छ।अध्ययन लेखकहरूका अनुसार ह्दयसम्बन्धी रोगलाई परम्परागत रूपमा किड्नी रोगको जोखिमसँग जोडेर हेरे पनि क्यान्सरबारे भने खासै उल्लेख गरिएको थिएन ।
‘किड्नी रोगका ठूलो संख्याका बिरामीमा क्यान्सर मात्र देखिएको छैन्, उनीहरूमा क्यान्सरको नराम्रो परिणाम देखिएको छ’, टोरन्टो विश्वविद्यालयका नेफ्रोलोजिस्ट तथा अध्ययनका प्रमुख लेखक अभिजात किचलुले भने ।
‘बारम्बार निदानबाहेक यी बिरामीहरूले सामान्य मृगौला भएका मानिसहरूको तुलनामा नराम्रो प्रतिकृया देखाए’, उनले थपे ।