काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनिवार्य रुपमा मास्क प्रयोग गर्न आग्रह गरेको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै फरक स्वरुपमा कोरोना भाइरस संक्रमणको जोखिम देखिएको भन्दै अनिवार्य रुपमा मास्क प्रयोग गर्न आग्रह गरेका हुन् ।
‘मास्क प्रयोग गर्नु हुन, एक अर्कामा भौतिक रूपमा दुरी कायम राख्नु हुन र व्यक्तिगत सरसफाइमा ध्यान दिनु हुन हार्दिक अनुरोध गर्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।पछिल्लो समय नेपालमा ओमिक्रोन भेरियन्टका संक्रमित मात्रै फेला परेका छन् । तर, भारत, चीन लगायत केहि देशमा संकमणको ‘बिएफ ७’ भेरियन्ट फेला गरेपछि मन्त्रालयले सचेत गराएको हो ।
‘केही देशहरुमा संक्रमणका नयाँ भेरियन्ट पुष्टि हुँदै फैलिँदै गएको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निगरानि बढाउने एवं सम्बन्धित देशहरुसँग समन्वय गर्ने कार्य गरिरहेको छ,’ मन्त्रालयले भनेको छ ।
छिमेकी मुलुकहरूमा देखिएको यस भाइरस नेपालमा भने पुष्टि नभएको मन्त्रालयले जनाएको छ ।