काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौंमा कार्यरत सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई बिहीबार माडीमा ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार-२०२२’ बाट सम्मानित गरिएको छ ।
अमेरिकाको क्यालिफोर्नियास्थित एन.आर.एन.ए. ननरेसिडेन्ट नेपाली एशोसिएसनले डा. पुनलाई ११ सय अमेरिकी डलर राशीको अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार-२०२२ प्रदान गरेको हो।
बिहीबार माडी भिलेज रिसोर्टको सभाहलमा बामगती प्रदेशसभा सदस्य निर्वाचित ठाकुर प्रसाद ढकाल र माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालले डा. पुनलाई पुरस्कारको ताम्रापत्र सहित १ लाख ४० हजार रूपैंयाको चेक हस्तान्तरण गरे ।
कोभिड-१९ लगायतका प्राणघातक संक्रामक रोगबाट जोगाउन खेलेको विशेष भूमिकाको प्रशंसा गर्दै एशोसिएसनले बरिष्ठ सरुवा रोग विशेषज्ञ डा.पुनलाई उक्त पुरस्कार प्रदान गरेको हो ।