काठमाडौं । अपांगतामैत्री सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा संचालन निर्देशिका-२०७९ सार्वजनिक भएको छ ।
उक्त निर्देशिका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवारकल्याण महाशाखा र नेत्रहिन यूवा संघ नेपालको साझेदारीमा उक्त निर्देशिका तयार पारिएको हो।
निर्देशिका सार्वजनिकिकरण कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण सिंहले यस निर्देशिकाको कार्यन्वयन पश्चात अपांगता भएका व्यक्तिहरुलाई स्वास्थ्य संस्थामा प्रजनन् स्वास्थ्य लगायतका अन्य सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको बताए।
कुल जनसङ्ख्याको झन्डै २ प्रतिशतको सङ्ख्यामा रहेका अपांगता भएका व्यक्तिहरुलाई सुरक्षित मातृत्व लगायतकास्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुर्याउनु सबैको दायित्व भएको स्वास्थ्य सेवा विभागका निर्देशक डा विवेक कुमार लालले बताए।
अपांगता भएका मानिसहरुको प्रजनन् स्वास्थ्य अधिकार सुनिश्चित गर्न यो निर्देशिका एउटा सुरुवात भएको परिवार योजना तथा प्रजनन् स्वास्थ्य शाखा प्रमुख कविता अर्यालले बताइन्। 'यो निर्देशिका कार्यन्वयनका धेरै चुनौती छ तर पनि एउटा सुरुवात भएको छ। यसलाई कार्यन्वयन गर्दै गर्दा थप्नु पर्ने पाटोहरु पनि थप्दै जाने छौँ,' उनले भनिन्।