काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहमा समायोजन गरिएका कर्मचारीलाई फिर्ता नगर्न निर्देशन दिएको छ ।
स्थानीय तहहरुले तलब भत्ता खुवाउन नसकिने भन्दै कर्मचारीहरु फिर्ता गर्न थाले मन्त्रालय तलब भत्ताको व्यवस्था गरिने भन्दै कर्मचारी फिर्ताको प्रक्रिया रोक्नका लागि आग्रह गरेको हो ।
मन्त्रालयले उक्त निर्णयको व्यहोरा देशभरिका स्थानीय निकायहरुलाई पत्राचार गरिसकेको छ ।